बेष्ट फाइनान्सले माग्यो कर्मचारी, साउन ३० गतेभित्र आवेदन दिनुपर्ने

  २०७९ साउन १६ गते १५:१९     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले दुई पदमा कर्मचारी मागेको छ । फाइनान्सले सोमबार एक सुचना प्रकाशन सुचना प्रविधि विभाग प्रमुखको लागि १ जना र मार्केटिङको प्रमुखको लागि १ जना कर्मचारी माग गरेको हो ।

फाइनान्सको अनुसार सूचना प्रविधि विभाग प्रमुख पदका लागि मान्य प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा ब्याचलर्स डिग्री गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

यस्तै, मार्केटिङको प्रमुखको लागि नेजमेन्ट वा ईकोनोमिक्समा ब्याचलर डिग्री गरेको र बैंक तथा वित्तिय संस्थामा मार्केटिङ एण्ड बिजनेश डेभलपमेन्ट चार वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

सूचनाको अनुसार इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन ३० गतेभित्र फाइनान्सको वेवसाइट आवेदन दिइसक्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.