नेशनल, मेट र नेपाल लाइफको बीमालेख बढी निष्कृय, पौने ६३ अर्बको व्यतित हुँदा नोक्सानमा १९ कम्पनी

  २०७९ साउन १६ गते ११:५८     विकासन्युज

काठमाडौं । हालसम्म कूल ६२ अर्ब ७९ करोड रुपैयाँ बराबरको बीमालेख (बीमा पोलिसी) व्यतित भएका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा कूल १९ वटा जीवन बीमा कम्पनीहरुको ११ लाख १९ हजार ५९४ वटा बीमालेख व्यतित भएको हो ।

जसमध्ये रकमका आधारमा सबैभन्दा बढी बीमालेख व्यतित हुनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको हालसम्ममा ३२ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमालेखमा ल्याप्सेस् देखिएको हो । संख्याको आधारमा भने ८५ हजार ४०१ वटा बीमालेखहरु ल्याप्सेस् अर्थात व्यतित् भएका छन् ।

त्यस्तै, अधिकांश कम्पनीकोे अर्बौं बढीको बीमालेख व्यतित भएका छन् । जसमा नेशनल लाइफसँगै मेट लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), गुराँस लाइफ, सिटिजन लाइफ, सूर्या लाइफ र राष्ट्रिय बीमा संस्थानहरु रहेका छन् । यसमध्ये मेट लाइफको ८ अर्ब ४१ करोड रुपैयाँ, नेपाल लाइफको ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमालेखहरु व्यतित भएका छन् बाँकीको १ देखि पौने ३ अर्ब रुपैयाँसम्मको बीमालेखहरु व्यतित भएका बीमा श्रोतले जनाएको छ ।

र, बाँकी रहेका ११ कम्पनीहरुको करोडौंको बीमालेखमा ल्याप्सेस् देखिएको छ । गत आर्थिक वर्षको तथ्याङ्कको आधारमा सबैभन्दा कम बीमालेख व्यतित हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिसम्ममा इन्स्योरेन्सको १० करोड ३० लाख रुपैयाँ बराबरको बीमालेख व्यतित भएको छ । यो अवधिमा महालक्ष्मीको कूल २ हजार ६७९ वटा बीमालेखहरु यतिकै व्यतित भएका हुन् ।

कुनको कति ?

कसरी हुन्छ बीमालेख व्यतित ?

कुनै पनि कम्पनीबाट लिएको बीमालेख समयमै नवीकरण नगरेपछि उक्त बीमालेख स्वतः व्यतित हुने गर्छ । कम्पनीहरुले तोकेको समयभित्र बीमितले आफ्नो बीमालेखको नवीकरण गरेमा उक्त बीमालेख व्यतित हुँदैन । यदि बीमालेख व्यतित भएको खण्डमा कम्पनीले बीमितहरुलाई नवीकरण गर्नको लागि थप समय दिएको हुन्छ । सो अवधिभित्रमा पनि बीमालेख नवीकरण नगरेमा सो बीमालेख निष्क्रिय हुनेछ । र, बीमितिले बीमा गरेवापतको कुनै पनि जोखिम सुरक्षा पाउँदैनन् । तर, म्यादी बीमाको हकमा भने यो प्रावधान लागू नहुने समितिले जनाएको छ ।

बीमालेख व्यतित हुँदा बीमा गर्ने बीमित र बीमा गराउने कम्पनी दुबैले घाटा हुने देखिन्छ । सो अवस्थामा बीमितले बीमा गरे वापतको सुरक्षा तथा सेवा सुविधा पाउँदैनन् भने बीमा कम्पनीले प्रिमियम पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.