सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन इन्टरनेट निःशुल्क

  २०७९ साउन १६ गते ९:४०     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।

यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् ।

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना साउन १६ (सोमबार) देखि लागू भएको छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.