कामना सेवा बैंकका ग्राहकलाई सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीका होटलहरुमा छुट

  २०७९ साउन १६ गते ९:३०     विकासन्युज

काठमाडौं ।  कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ ।

अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुको सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त गर्न सकिने बैंकले जमनकारी दिएको छ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.