निक्षेप बीमाको सीमा ५ लाख पुर्याइने अर्थमन्त्रीको पहिलो निर्णय

  २०७९ साउन १५ गते १८:५४     विकासन्युज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । आइतबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् ।

उनले आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री शर्माले अघि भने बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए ? कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागि पर्ने छौं बताए ।

राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यान्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे ।

अर्थसचिव अनुपस्थित

नवनियुक्त अर्थमन्त्री शर्मालाई अर्थसचिव मधुकुमार मरासिनीले भने वेवास्ता गरेका छन् । नवनियुक्त अर्थमन्त्री शर्मालाई वेवास्त गर्दै स्वागत कार्यक्रममा उनी अनुपस्थित भएका हुन् ।

सचिव मरासिनी स्वागत कार्यक्रममा अनुपस्थित भएपछि राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई स्वागत गरे । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई पुष्करले स्वागत गरेका हुन् । यसअघि पनि मरासिनीले शर्माले राजीनामा नदिएसम्म काममा नआउने भन्दै विदामा बसेका थिए । आज पनि उपस्थित नहुनुले अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको ‘इगो’ बढेको बुझ्न सकिन्छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमाल लगायत स्वागत कार्यक्रममा पुग्दा अर्थसचिव भने अनुपस्थित देखिएका हुन् । नव नियुक्त मन्त्रीलाई सोही मन्त्रालयको सचिवले स्वागत गर्ने अभ्यास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.