द ब्रिटिस कलेजले इन्टर कलेज फुटसल टुर्नामेन्ट गर्ने

  २०७९ साउन १५ गते १६:१२     विकासन्युज

काठमाडाैं । द ब्रिटिस कलेजले तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट’ गर्ने भएकाे छ । कम्पनीले आउने साउन १९ र २० गते बालुवाटारस्थिति ढुकु फुटसलमा उक्त टुर्नामेन्ट गर्ने भएको हाे ।

कलेजकाे पहिलो र दोस्रो द ब्रिटिस कप कमशः सन् २०१८ र २०१९ मा भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन ।

टुर्नामेन्टमा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले गरी १३ वटा कलेजले भाग लिँदैछन् ।

विजयी टिमले एक लाख रुपैयाँ, पहिलो रनर अपले ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद १०-१० हजार रुपैयाँ पाउने कलेजले जानकारी दिएकाे छ ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडकेयर रहेको छ। त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.