एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

  २०७९ साउन १५ गते १२:४३     विकासन्युज

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । बोर्डले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी र ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ पाँच गतेसम्म सम्बन्धित विद्यालयमा ५०० राजश्व तिरी आवेदन दिनुपर्ने छ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.