भक्तपुर क्यान्सर अस्पताललाई दिवाकर गोल्छा फाउन्डेसनको आर्थिक सहयोग

  २०७९ साउन १३ गते २०:४०     विकासन्युज

काठमाडौं । दिवाकर गोल्छा फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताल र आरोहण गुरूकुललाई आर्थिक सहयोग समेत गरेको छ । फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग बापत ५ लाख ३ हजार ८ सय ४७ रूपैयाँ र आरोहण गुरूकुललाई ९६ हजार ७ सय ५ रूपैयाँ बराबरको रकम प्रदान गरेको हो ।

हुलास स्टिलले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले स्थापना दिवसको अवसरमा स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी २ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उपत्यकाभित्र कम्पनीकै कार्यालय, गणबहाल, काठमाडौंमा गरिएको रक्तदानमा २५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै, कम्पनीको सिमरा फ्याक्ट्रीमा गरिएको रक्तदानमा १७० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् ।

नेपालमा पहिलो पटक गुणस्तरिय जस्तापाताको प्रयोगद्धारा खरको छानाहरुमा हुने आगलागीको जोखिम र जीवन क्षतिबाट सुरक्षा गर्ने उद्देश्यले हुलास स्टिलको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.