लुम्बिनी विकास बैंकले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने

  २०७९ साउन १२ गते १६:५४     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटाेन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमए।डब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सो सम्झौतापत्र अनुसार  लुम्बिनी विकास बैंकले सबै शाखाहरुबाट यो सुविधा लिन सकिनेछ ।साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन ।

लुम्बिनी विकास बैंकले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिँदै आएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.