साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, मासिक तलब ८५ हजार

  २०७९ साउन १२ गते १४:५८     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै  विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले अनुगमन, रिपोर्टिङ र ज्ञान व्यवस्थापन विशेषज्ञ९एम।आर।के।एम० १ जना र फिल्ड कोअडिनेटर पदका लागि ५ जना कर्मचारी मागेको हो । एम.आर.के.एमका लागि स्नातकोत्तर पास भई मोनिटोरिङ रिर्पोटिङ नलेज म्यानेजमन्ट सम्बन्धी २ वर्षको अनुभव भएको हुनुपर्नेछ । यस्तै, फिल्ड कोअडिनेटरका लागि स्नातकोत्तर पास भई बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ ।

दुबै तहका लागि कम्प्युटर सम्बन्धी ज्ञान, अंग्रजी र नेपाली टाइपिङ् गर्ने र दुई पांग्रे सवारी चलाउन सक्ने हुनुपर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले दुवै पदको लागि मासिक तलब पचासी हजार तोकेको छ ।

इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर साउन २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.