अधिकांश वाणिज्य बैंकको ईपीएस बढ्यो, कुनको कति ? (सूचीसहित)

  २०७९ साउन १२ गते १०:३१     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । १२ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार अधिकांश बैंकको ईपीएस बढेको पाइएको हो ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा १२ वटा बैंकमध्ये ९ वटाको ईपीएस बढेको छ भने ३ वटाको घटेको छ । समीक्षा अवधिमा सानिमा, सिटिजन्स र लक्ष्मी बैंक बाहेक अन्य बैंकहरुको ईपीएस बढेको छ ।

ईपीएस बढाउने बैंकहरुमा एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे, प्रभु र एनसीसी रहेका छन् । यी मध्ये सबैभन्दा बढी इपीएस एनआईसी एशिया बैंकको छ । अघिल्लो आर्थिक वर्षमा २८.१८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा ३९.१३ रुपैयाँ पुगेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश खुवाएको छैन ।

त्यस्तै, बढी ईपीएस हुनेको दोश्रोमा एभरेष्ट रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.९१ रुपैयाँबाट बढेर २७.०१ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, २० रुपैयाँभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे र सानिमा बैंक रहेको छ ।

प्रभुको १९.५२, एनसीसीको १८.१५, सिटिजन्सको १५.८५ र लक्ष्मीको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँ रहेको छ ।

कुन बैंकको कति ?

के हो ईपीएस ?

प्रतिसेयर आम्दानी (ईपीएस) लगानीकर्तालाई प्रतिफल दिने आधार हो । लगानीकर्ताले कम्पनीको ईपीएसकै आधारमा पनि लगानी गर्ने गरेका छन् । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल नै प्रति सेयर आम्दानी हो ।

प्रति सेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पूँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय विवरणमा राख्छ । कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा लगानी गर्ने अभ्यास छ । तर, ईपीएस नै लगानीका लागि सबैथोक हुन सक्दैन । कतिपय थोरै ईपीएस भएका कम्पनीको सेयर मूल्य धेरै पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.