नेपालमा टाटा नेक्सन ईभीको एक वर्ष पुरा, हरेक ग्राहकको घरमा चार्जर जडान गर्ने तयारी

  २०७९ साउन ११ गते १७:४६     विकासन्युज

काठमाडाैं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ गरेकाे एक वर्ष पुरा गरेकाे छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले गरेकाे हाे ।

एक वर्षको छोटो अवधिमै देशकाे विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको कम्पनीकाे दावी छ ।

आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता, द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु यस इभीकाे विशेषता हाे । यस गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप ‘इजी एप’ मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढीले गरिरहेका छन् ।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.