चितवनको नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न (फोटो फिचरसहित)

  २०७९ साउन ९ गते १९:१३     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.