एफवान सफ्टको प्रमुख सञ्चालन अधिकृतमा ढकाल नियुक्त, कम्पनी थप उचाइमा पुग्ने

  २०७९ साउन ९ गते १८:२७     विकासन्युज

काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । सोमबार बसेको एफवान ग्रुपको सञ्चालक समितिको बैठकले ढकाललाई प्रमुख सञ्चालन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एफवान सफ्टमा आवद्ध भएसँगै ढकालले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

नवनियुक्त प्रमुख सञ्चालन अधिकृत ढकालसंग २४ वर्षभन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ । ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका हुन् । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे । यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा काम गरेका ढकालले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् ।

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.