द ब्रिटिस कलेजमा ‘टिबिसी मार्केटप्लेस’ कार्यक्रम सम्पन्न

  २०७९ साउन ८ गते १७:२२     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टिबिसी मार्केटप्लेस’ इभेन्ट सम्पन्न गरेको छ ।  कलेजले लेभल ३ बिबिए करिकुलमको एक भागको रुपमा डिजाइन गरेको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुद्वारा १८ वटा स्टलको राखेका थिए । सबै स्टलमार्फत स्थानीय व्यवसायीहरुका विभिन्न उत्पादानहरु बिक्री गरिएको थियो ।

थापाथलीस्थित ट्रेड टावरको भुई फ्लोरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई व्यवसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्राण्ड डिजाइनिङ, उत्पादनको बिक्रिवितरण जस्ता कार्यहरु दिइएको थियो ।

उक्त इभेन्टले प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान गर्ने कलेजले जनाएको छ ।

कार्यक्रममा रहेका स्टलहरुमा तातो खानादेखि डेजर्ट, गहना, कला, कस्मेटिक र मोबाइलका सामाग्रीहरुसम्म थिए । उक्त कार्यक्रममा आउने सबैलाई कलेजको दुवै द्वारबाट स्वागत गरिएको थियो । उक्त इभेन्टमा १५०० जनाभन्दा बढीको सहभागिता थियो ।

कलेजका मार्केटिङ प्रमुख अमरदी मण्डलले अध्ययनको पहिलो वर्षमा नै विद्यार्थीहरुले यतिधेरै एक्सपोजर पाउँदा निकै खुसी लागेको बताए । टिबिसीले आयोजना गरेको मार्केटप्लेसले एउटा ठुलो सफलता प्राप्त भएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.