चौधरी ग्रुपको उत्कृष्ट व्यवस्थापनमा सञ्चालित प्रिमियर कलेज विद्यार्थीको आकर्षण बन्दै

  २०७९ साउन ८ गते १५:१०     विकासन्युज

काठमाडौं । स्कुल कलेजहरु विद्यार्थीको भविष्य निर्धारण गर्ने मुख्य खुट्किलोको रुपमा रहेका हुन्छन् । काँचो माटोलाई मानिसले आफ्नो विचार र मेहनतको संयोजनमार्फत कुनै आकारमा रुपान्तरण गर्नसक्छ । त्यस्तै, स्कुल कलेजहरुले विद्यार्थीहरुलाई शिक्षाको माध्यमबाट एउटा पूर्ण मानिसमा रुपान्तरण गर्ने भूमिका निर्वाह गर्दछन् ।

चौधरी ग्रुप नेपालमा परिचित सफल व्यवसायी घराना हो । सो ग्रुप व्यवस्थापकीय कुरामा कति क्षमतावान छ भन्ने कुरा उसको व्यवसायिक नतिजाले नै देखाएको छ । ग्रुपले १० वर्षदेखि काठमाडौंको बानेश्वरमा रहेको प्रिमियर कलेजको व्यवस्थापन गर्दै आएको छ । सो ग्रुपको व्यवस्थापनसँगै कलेजले आफूलाई नेपालको शैक्षिक क्षेत्रमा एउटा विशिष्ट पहिचान दिन सफल भएको छ ।

कलेजले बिएम ट्रेडा सर्टिफिकेस बडी युकेबाट आइएसओ ९००१ः२००८ प्रमाणपत्र प्राप्त गरेको छ । गुणस्तरीय व्यवस्थापन प्रणालीमार्फत कलेजलाई सञ्चालन गर्न सफल भएवापत सो प्रमाणपत्र प्राप्त गरेको हो । सो कलेजबाट उत्तिर्ण हुने विद्यार्थीहरुले प्राप्त गर्ने प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरमा नै मूल्यवान हुने कुरा कलेजका कार्यक्रम निर्देशक छविलाल पाण्डे बताउँछन् ।

के–के शैक्षिक कार्यक्रम सञ्चालन गर्छ प्रिमियरले ?
प्रिमियर कलेजले राष्ट्रिय परिक्षा बोर्डबाट सञ्चालन हुने कक्षा ११/१२ र त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै कलेजले आइक्यानमार्फत चाटर्ड एकाउन्टेन्ट कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ ।

कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय अन्तर्गत निश्चित कोटामा विद्यार्थी भर्ना गरेर पठनपाठन गर्ने गर्छ । त्यस्तै स्नातक तहमा बि बि एम, बि बि एस, बिए एस डब्लु र एम बि एस पढाई हुने गरेको छ ।

एसईई दिएका विद्यार्थीको आकर्षण बढ्दो
अहिले प्रिमियर कलेजमा एसईई दिएर बसेका सयौं विद्यार्थीहरु दैनिक रुपमा प्रवेश परिक्षा दिन आउने गरेका छन् । निर्देशक पाण्डेका अनुसार कक्षा ११ र १२ लाई विद्यार्थीको शैक्षिक एवं व्यवहारिक ज्ञानको मुख्य आधार निर्माण गर्ने तहको रुपमा लिइन्छ । जसकारणले विद्यार्थीहरुले सहि वातावरण, व्यवस्थापन, नतिजा र आफ्नो लागि भएको स्कुल कलेज रोज्नुपर्दछ । उनका अनुसार प्रिमियर कलेज यी सबै कुरामा उत्तम रहेको छ ।

कलेजले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र मानविकी संकायमा वर्षेनी ६ सय ४० जना मात्रै विद्यार्थीलाई पठनपाठन गराउन सकिने कोटा निर्धारण गरेको छ । जसमध्ये कलेजले ३ वटा स्किममा २०० जना विद्यार्थीलाई मेरिट बेस, निड बेस र सिजी स्क्लरसिपको नाममा छात्रवृत्ति उपलब्ध गराउने गर्दछ । त्यसरी छात्रवृत्ति प्राप्त गर्नको लागि यतिबेला एसइइ दिएर बसेका ३ हजार भन्दा धेरै विद्यार्थीले कलेजमा आएर प्रवेशिका परिक्षा दिइसकेका छन् । निर्देशक पाण्डेका अनुसार कलेजले यो परिक्षा एसईईको नतिजा आउने बेलासम्म जारी राख्नेछ । प्रवेशिका परिक्षा मार्फत विद्यार्थीहरुले १००, ८०, ७०, ६० र पचास प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई निरन्तर कक्षाको साथै कलेजले अतिरिक्त शैक्षिक क्रियाकलापलाई पनि विशेष जोड दिने गरेको छ । जुन कुरा कलेजको अर्को महत्वपूर्ण विशेषता हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीको आगामी अध्ययन भविष्यलाई ध्यानमा राखेर प्रि मेडिकल र प्रि इन्जिनियरिङ कोर्ष सञ्चालन गर्ने गरिन्छ । सो अतिरिक्त पढाइको कारणले विद्यार्थीले एमबिबिएस र बिइ लेबलको प्रवेशिका परिक्षामा सजिलैसँग उत्तिर्ण भएर छात्रवृत्ति प्राप्त गर्न तथा अध्ययनको लागि सक्षम हुने गरेको निर्देशक पाण्डे बताउँछन् ।

त्यस्तै कलेजले अतिरिक्त क्रियाकलापमा खेलकुद क्षेत्रलाई पनि उत्तिकै प्राथमिकता दिने गर्दछ । खेलकुदमा केसिएम बास्केटबल, थर्ड रुस्लान बिग ओपेन बास्केटबल टुर्नामेन्ट, लगायतका धेरै प्रतियोगिताहरुमा कलेजबाट सहभागी समुहले एवार्ड जित्दै आएको छ ।

उत्कृष्ट भौतिक व्यवस्थापन
पढाई राम्रो हुनका लागि व्यवस्थापन नै उत्कृष्ट हुनुपर्ने निर्देशक पाण्डेको भनाई छ । आधुनिक ढंगको पढाइका लागि कलेजले इ–लाइब्रेरी, फिजिकल लाइबे्ररी, डिजिटल बोर्ड, राम्रा भवन र उत्कृष्ट कोठाको व्यवस्था गरेको छ । सिमित विद्यार्थीहरुको लागि होस्टलको समेत सुविधा रहेको निर्देशक पाण्डेको भनाई छ ।

‘तपाईंको सिकाइको क्षितिजलाई प्रिमियरबाट विस्तार गर्नुहोस’ भन्ने नारामा रहेर गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रिमियर कलेजको स्नातक स्तरका कार्यक्रमहरु पनि मुलतः आधुनिक एवं व्यवहारिक ढंगले सञ्चालन गरिएका छन् । कलेजले व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन गरेका सबै कार्यक्रमहरु वर्तमान सन्दर्भमा विश्वमा विकसित भएका व्यवसायिक क्षेत्रको नेतृत्व गर्न उपयोगी हुने प्रकारको रहेको निर्देशक पाण्डेको भनाइ छ ।

निर्देशक पाण्डेकाअनुसार छोटकरीमा भन्दा कलेजले उत्कृष्ट व्यवस्थापन, अन्तर्राष्ट्रिय आइएसओ प्रमाणित, उच्च स्तरको नतिजा, धेरै विषयहरुको छनौट गर्ने अवसर, गुणस्तरीय संकाय, प्रविधीमैत्री उच्चस्तरीय प्रयोगशाला र पुस्तकालय, सिर्जनात्मक एवं प्रयोगात्मक अध्ययन विधि, छात्रवृत्ति र उचित शुल्क जस्ता विशेषता बोकेको छ । त्यसैले विद्यार्थीहरुले आफ्नो उज्वल भविश्यको लागि प्रिमियरलाई रोज्न आउने गरेको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.