स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह बिष्ट, सोमबारदेखि कार्यभार सम्हाल्ने

  २०७९ साउन ८ गते १२:१५     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् ।

लघुवित्तको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई सीईओमा नियुक्त गरेको हो । बिष्टलाई साउन ९ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बिष्टले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् ।

फागुन १६ गते उदयराज खतिवडाले सीईओ पदबाट राजीनामा दिएका थिए । खतिवडाले राजीनामा दिएपछि कायम मुकायम सीईओको जिम्मेवारी गोविन्द चापागाईँले सम्हाल्दै आएका थिए ।

लघुवित्तले झण्डै ५ महिनापछि सीईओ पाएको हो । फागुनदेखि लघुवित्तमा सीईओ पद रिक्त रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.