एक लाख राशिको शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुल्ला

  २०७९ साउन ६ गते १५:१७     विकासन्युज

काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुला गरेको छ । नाफिजले साउन १ गतेदेखि ‘शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९’ का लागि आवेदन खुल्ला गरेको हो ।

नाफिज सदस्यहरुले २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्म आफ्नो सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गरिएका खोजमुलक अनलाइनसहितको समाचार सामाग्री र आवद्ध सञ्चार संस्थाको परिचयपत्रको फोटोकपी साउन मसान्तभित्र पेश गर्न आग्रह गरेको हो ।

बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी/ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने सम्झौता भएको थियो ।

भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका थिए । पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.