ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलमा छात्रा सशक्तिकरण कार्यक्रम

  २०७९ साउन १ गते १२:५५     विकासन्युज

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन (इड्ज) प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको स्कुलले जनाएकाे छ ।

स्कुलकाे अनुसार इड्ज कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ ।

मदरल्याण्ड स्कुलमा यो कार्यक्रम जुन २९ देखि सन् २०२३ को अप्रिलको अन्त्यसम्म चल्नेछ । यस कार्यक्रमका लागि २० जना किशोरीहरु छनोट गरिसकेको स्कुलले जनाएको छ । उनीहरुको समुहलाई अंग्रेजीको मुल्यांकनपछि छनोट गरिएको स्कुलले जनाएको छ ।

स्कुल म्यानेजर शंकर पुडासैनीले प्रत्येक हप्ताको दुई घण्टाको सेसनलाई सम्बोधन गर्नेछन् । उनले भने,‘हामी छात्राहरुलाई उनीहरुको अधिकार र जिम्मेवारीको पहुँचबारे जानकारी दिन चाहन्छौँ । उनीहरुको भविष्यको सम्भावनालाई सुधार गर्न समान अवसर उपलब्ध गराउन चाहन्छौँ ।’

मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, चितवन सन् १९९७ मा स्थापना भएको हो । सन् २०२१ मा द ब्रिटिस कलेजले आफ्नो स्वामित्वमा लिएको थियो । दुरदराजमा रहेका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उदेश्यले ब्रिटिस कलेजले मदरल्याण्ड स्कुल आफ्नो स्वामित्वमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.