क्लोजिङको भोलिपल्ट बैंकर्सलाई छुट्टि

  २०७९ असार ३२ गते ७:२५     सुशील घिमिरे ‘त्रैलोक्य’

सोह्र श्राद्धका बाहुन र असार मसान्तका बैंकर्स

अहिले बैंकर कर्मचारीलाई छुइ सक्नु छैन । भ्याई नभ्भाई छ । सोह्र श्राद्धको बाहुन जस्तो । भनिन्छ सोह्र श्राद्धको बाहुनसँग सर्प पनि डराउछ । त्यसरी हिड्छन जजमानको घर सोह्रश्राद्घका बाहुनहरु श्राद्घ गर्न बुरुक्क बुरुक्क खुट्ट उचाल्दै । हो बैंकर कर्मचारीलाई पनि यो असारमा भ्याई न भ्याई छ । सोह्र श्राद्घमा बहुनसँग सर्प डराएजस्तै हरेक असार मसान्ता बैंकरसँग ऋणि डराउछन ।

यो असारमा ऋणि घरको ओछयानमा उठ्ने तरखर हुँदा लघुवित्तका कर्मचारी ग्राहकको दैलोमा पुगिसकेका हुन्छन्, सावा–व्याज र किस्ता उठाउन । सहकारी, लघुवित्त, बैंकर कर्मचारीको यो असारभरि न खाने टुङो हुन्छ, न अफिस जाने, न फकर्ने । टुङो हुन्छ त केवल एउटै ऋणिको घर जाने र फकाई फुलाई गरेर पैसा उठाउने । भएन भने कानुनी डर देखाई पैसा उठाउने । अर्जुनदृष्टि नै ऋणिसँग पैसा उठाउने ।

ऋणिको बोली
अक्सर ऋणिहरु यो महिना बैंकर कर्मचारीसँग डराउँछन । साँचो हो वा झुटो ‘कोरोनाले व्यापार चलेन, ‘पहिला कहिल्यै यस्तो भएको थिएन’ धेरैले यहि भन्छन् । कत्ति फोनका फोन गरेको दिइहाल्छु नि, अन्तिम दिनसम्म व्याज किस्ता हाले भएन ? हजूरकोमा व्याज महँगो भयो, अर्को बैंककबाट गर्नुपर्ने रहेछ, छोराले पैसा पठाउछु भनेको छ, मैले पनि उठाउनु पर्ने छ, उठाएर दिन्छु, यत्रो करोडौको घर जग्गा राखेको छ के चिन्ता गर्नु हुन्छ हो ? भोलि आउनु, भोलि पक्का । बैंकर ऋण उठाउन ऋणिको घरमा जादा बैंकरले पाउने जवाफ यस्तै यस्तै हो ।

बैंकर्सकाे धपेडी

यो आर्थिक वर्ष धेरै मुनाफा गर्नु पर्छ, तपाई धेरै अनुभवी, फलाना–फलानो बैंकमा सीईओ चलाएको भनेर यहा अवसर दिएको हाे ‘नाफा बढाउनु पर्यो–नाफा’ भनेर सन्चालक समिति दवाव दिन्छन सीईओलाई । अनि सीईओ आकस्मीक मिटिङ गर्छन । डिपार्टमेन्ट हेड, प्रादेशिक कार्यालय र शाखाको शाखा प्रबन्धकसँग ‘तपाईहरु के हेरिरहनु भएको छ ? खै टारगेट पूरा गरेको ? सेवा सुविधा त दिएकै छ’, बेस्सरी मिटिङमा थर्काउछन् सीईओले । सीईओसँग मिटिङ सकिन नपाउदै शाखाको मेनेजर रातो पिरो भएर अर्को मिटिङ राख्छन र भन्छन्–‘तपाईहरुको कारणले गाली सुन्नुपर्यो । अब एक्सनमा उत्रनु, मलाई ऋणको सबै पैसा उठनु पर्दछ, धर्ना दिनुस्, फोन गर्नुस् मोवाइलमा । अफिसको वाइक जे लानु पर्छ लानुस तर पैसा चाहि उठ्नु परयो ।’ यत्ति भनेर सबैजना आफनो आफने डिपार्टमा आउछन । र, फेरि क्रेडिट इन्चार्जको अर्को मिटिङ । ‘तपाईको कारणले मेनेजरले हकारे, एक्सनमा जाम अब । बाँडिएर जाम ।’

अनि हवर हवर गरेर सबै जना एक एक तिर लाग्छन ऋणिको घर । अनि बैंकर कर्मचारी ऋणिको घरमा हरेक दिन वा दिनकै दुई चोटीसम्म पुग्छन । कसैकसैले अफिसको रिस पनि ऋणिसँग पोख्छन् । न खाने टुङ्गो, न विहान अफिस जाने टुङ्गो न अफिसबाट घर आउने टुङ्गो । कर्मचारीको बेग्लै छ पिढा । विहान सातै बजे अफिस जादा घरका केटाकेटी उठेका हुदैनन् । बेलुका आठ नौ बजे बैंकबाट घर फर्कदा केटाकेटी सुतिसकेका हुन्छन । श्रीमतीले भन्छिन्–‘कसैले नखाएको जागिर, खाली हवर हवर, आफनो ज्यानको पनि ख्याल गर्नु ।’

सार्वनजिक विदा

बैंकर कर्मचारी यो असार भरि विहानदेखि राती अबेरसम्म क्लोजिङ्गको महिना भएकोले खट्टिएर काम गर्छन । त्यति मात्र कहाँ हो र ? सार्वजनिक बिदाको दिन, शनिबार पनि पो काम गर्छन हवर हवर गरेर । झन् यो पल्ट त असार मसान्त त झन शनिवार परेको छ । बैंकर कर्मचारीको पनि त परिवार हुन्छ । टोल–समाज हुन्छ । उनीहरुसँग बस्ने, खाने, पीउने, रमाइलो गर्ने मन हुन्छ । केटाकेटी बाबाको अफिस भोलि छुट्टि हो, फन पार्क जाने भनेर खुशी हुदैगर्दा, श्रीमानको भोलि शनिवार छुट्टि हो, माइतमा खान खान बोलाएको छ, स–परिवार जाने भनेर श्रीमतीले सोच्दैगर्दा, पारिवारिक तनाव र्बिसेर क्लोजिङ्ग भन्दै विचारा बैंकर राती अबेरसम्म बैंकमै काम गरिरहेका हुन्छन । साना कर्मचारी मात्र कहा हो र ? सीईओ पनि ‘नाफा यो आर्थिक वर्ष कति कमाउने हो बैकले’ भनेर किवोर्डमा औला दैडाउदै हुन्छन् । सीईओदेखि तमाम बैंकरहरुलाई यो बैंकिङ्ग ह्राङ्गओभर हटाउन नयाँ आर्थिक वर्षको पहिलो छुट्टि गर्नु राम्रो हुन्छ । भाेलि फेरी जोस, जागरका साथ अफिस आउन साउन १ गते बैंकर्सलाई छुट्टि दिनु नै राम्रो हुन्छ ।

सम्बन्धित अर्काे लेख
बैंकको जागिर खानु भन्दा बहुलाउनु निको

2 comments on "क्लोजिङको भोलिपल्ट बैंकर्सलाई छुट्टि"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.