गाडीमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक छु : प्रधानमन्त्री देउवा

  २०७९ असार २२ गते १७:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी सवारीसाधन आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्कम रहेको बताएका छन् । बुधबार नाडा अटोमोबाइल्स एशोसियसनको प्रतिनिधी मण्डललेसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएका छन् ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष थापाले कार, जीप र भ्यानले दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याउने बताउँदै नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।

यस्तै अध्यक्ष थापाले नाडा अटो एक्सपोको लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक रहेको भन्दै प्रधानमन्त्री देउवालाई प्रतिबन्ध खुल्ला गरि दिन आग्रह गरे ।

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.