नेपाल इको प्यानलको कर्पोरेट कार्यालय सल्लाघारीमा

  २०७९ असार २२ गते १७:१०     विकासन्युज

भक्तपुर । भक्तपुरको झौखेलमा कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुरकै सल्लाघारीमा कर्पोरेट कार्यालय स्थापना गरेको छ ।

जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेल पिपलबाट नजिकै कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले ग्राहकको सहजताका लागि कर्पोरेट कार्यालय सल्लाघारीमा स्थापना गरी सेवा सुरु गरेको बताए । सल्लाघारीमा कर्पोरेट कार्यालय स्थापनापछि काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौतीलगायतका ठाउँंहरुबाट आउने ग्राहकलाई सहज हुने विश्वास लिएको इन्जिनियर दुवालले बताए ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । कारखानामा पहिला नै बनेर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसले तीव्र निर्माण सम्भब भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.