फेरी बढ्यो हवाइ भाडा, यस्तो छ नयाँ मूल्य

  २०७९ असार २२ गते १६:५१     विकासन्युज

काठमाडाैं । हवाइ भाडाकाे मूल्य बढेकाे छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ५ ले बढाएसँगै हवाई भाडा पनि बढेको हाे । वायुसेवा सञ्चालक संघले बिहिबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको जनाएकाे छ ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक २२० रुपैयाँ भाडा बढेको हो ।

यस्तै अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १७० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १४ हजार ८९० रुपैयाँ पुगेको छ ।

काठमाडौं–भद्रपुर १५०, काठमाडौं– विराटनगर १२५, काठमाडौं–जनकपुर ६५, काठमाडौं–भरतपुर ५५, काठमाडौं–पोखरा ८०, काठमाडौं–भैरहवा १००, काठमाडौं–नेपालगञ्ज १६५, काठमाडौं–तुम्लिङटार ९५ र काठमाडौं–सिमरा रुटमा ४५ रुपैयाँ भाडा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.