बढेको बजारमा गोखार्ज फाइनान्सको सर्वाधिक कारोबार, एलआईसीएनमा झुम्मिए लगानीकर्ता

  २०७९ असार २२ गते १५:२६     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार खुलेको केही समयमै ओरालोको यात्रा तय गरेको नेप्से परिसूचकले आधा कारोबारपछि उकालोको यात्रा तय गरेको हो ।

दिनभरको कारोबारमा घटेर १९९६ बिन्दुसम्म पुगेको परिसूचक अन्त्यमा बढेर २०४३.९२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६६ प्रतिशत अर्थात १३.३३ अंकले बढी हो ।

मंगलबारको तुलनामा कारोबार रकम भने घटेको छ । मंगलबार २ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने २ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा गोर्खाज फाइनान्स रहेको छ । फाइनान्सले एकैदिन ११ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि १६ रुपैयाँले बढेर प्रतिकित्ता ४९० रुपैयाँमा पुगेको छ ।

त्यस्तै, बजारमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआईसीएन) को सेयर लगानीकर्ताहरु आकर्षित भएका छन् । बुधबार बढी कारोबार हुनेको दोश्रो स्थानमा पनि एलआईसीएन नै रहेको छ । जसको ११ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५४९.९० रुपैयाँमा अन्तिम किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १४०.९० रुपैयाँले बढी हो ।

त्यस्तै, सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६९८.२० रुपैयाँ पुगेको छ । बुधबार बैंकिङ्ग, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूह बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.