प्राइम लाइफ इन्स्योरेन्सले उदयपुरको एक विद्यालयलाई गर्यो ३ लाख सहयोग

  २०७९ असार २२ गते १३:४४     विकासन्युज

काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुर जिल्लाको खाट मन्दिर आघारभुत विद्यालयलाई आर्थिक सहयाेग गरेकाे छ । कम्पनीले  सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्यनरत ३५० जना बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गर्नुकाे साथै भवन निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गरेको हाे ।

नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काकाे प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच कम्पनीले उक्त सहयाेग गरेकाे हाे । कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसि भएकाे बताए ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.