डाक्टर सन्दुक रुइत विश्वका १ सय प्रभावशालीको सूचीमा

  २०७९ असार २२ गते १३:०६     विकासन्युज

काठमाडौं । आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । विश्वको चर्चित पत्रिका ओप्थामोलोजिस्टले डा रुइतलाई सन् २०२२ को विश्वका प्रभावशाली १ सय व्यक्तिको सूचीमा समावेश गरेको हो ।

म्याग्जिनले डा रुइतलाई सोधेको ३ वटा प्रश्न र त्यसको जवाफ म्याग्जिनको साइटमा प्रकाशन गरेको छ, जहाँ उनले विगत १० वर्षमा आफु स्लिट ल्याम्प र अप्रेटिङ माइक्रोस्कोपसँग बाँचेको बताएका छन् । त्यस्तै, आगामी ५ वर्षमा एआई प्रविधि बलियो बन्ने र गुणस्तरको लागि सत्यनिष्ठा र सम्बन्धित काममा केन्द्रित हुने कुराले गुणस्तर प्राप्त हुने उनले नयाँ पुस्तालाई सुझाव दिएका छन् ।

ओप्थामोलोजिस्टले वार्षिक रुपमा विश्वका एक सय प्रभावशालीको सुची प्रकाशन गर्ने गर्दछ । सन् २०२२ को १ सय प्रभावशाली व्यक्ति मध्ये अमेरिकाकी ओप्थामोलोजिस्ट प्राध्यापक पल अस्टिन चान्डलर पहिलो भएकी छन् ।

3 comments on "डाक्टर सन्दुक रुइत विश्वका १ सय प्रभावशालीको सूचीमा"

  • Hari Bangsha Kirany says:

    नेपालको गौरव हुन डा रुइत ।
    उनलाई हार्दिक बधाई

  • Ram thapa says:

    Great personality.
    Proud of Nepal.

  • Ram Singh Tamang says:

    हार्दिक बधाई तथा शुभकामना डाक्टर साहेव !!!
    हामी नेपालीहरुको शीर उच्चस्थानमा राख्नु भएको छ । हामी यस्को लागि गौरवान्वित भएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.