‘आखिर हुने भनेको एक्लै त हो’

  २०७९ असार २१ गते १९:२७     विकासन्युज

पशुहरूले बासस्थान भेटेको, उनीले पति जलाएको यो पशुपतिले मलाई मेरो धरातल सम्झाएको हुन्छ । धेरै भएको थियोे महादेवले मेरो दर्शन नपाएको । धेरै भएको थियाै मैले मलाई भुलाएको ।आज पनि त उस्तै भिड छ सोचाइहरूको मगजमा तछाड-मछाड गरिरहेका छन् रहरहरू ओठमा ।। चुपचाप बसिरहेका छन बाध्यता आँखाको डिलमा ।

म सार्है मुडी छु । या भनु म निकै इमोस्नल । आज मेरो मुडमा-इमोसनमा पशुपति छाएको छ।अटेरी म बौद्वको गाडी चढेर गौशाला पुगिसके । कारण थाह छैन तर आँखाबाट यसै आँसु खसिरहेका रहेछन् । एउटै सिटमा बसेकी दिदिले अचम्मित भएर हेर्दाको थाह पाए मेरा आँखा रोइरहेका छन भनी ।।

गौशालामा उत्रिए । लास जलाउने तिर सास तान्दै पुगे । सार्है गर्मी छ । घामले बदन तताइरहेका छन् ।।। शरीरले छहारी खोज्यो । म छहारीमुनिको फलैचामा बसे । वरपर हेर्दा म एक्लो थिइन । मेरो चारैतिर मान्छे थिए । कोही डेटिङ आएर प्रेमका संवाद गर्दै थिए । कोही परिवारसँग आएर ग्रुप फोटो खिच्दै थिए । कोही साथीसँग आएर टिकटक बनाउँदै थिए । कोही शिवजीको प्रसादमा लठ्ठ भएर फलैचामा पल्टिरहेकै थिए ।। त्यसैले म एक्लो थिइन ।

खासमा म एक्लो कहिल्यै थिइन । मसँग केही न केही, कोही न कोही त भइरहेकै हुन्छन ।। आज पनि मसँग प्रश्नहरू थिए, शंकाहरू थिए, डरहरू थिए, यादहरू थिए । सबै कुरा थिए ।

कल लगमा मिस पराजुली मलाई कता छौ भन्दै गाली गरिरहेकी छे । मेसेन्जरको अधिकारीले पनि मन पराउदिन म पशुपति गएको । मेसेज बक्सकी घिमिरे हुन्थी त मलाई ‘आस्था तिमी बुद्धि भएको मान्छे त हैन के’ भन्दै सिकाउथी धेरै राम्रा-राम्रा कुराहरू ।

यी भन्दा निकै महत्त्वपूर्ण छन मलाई मेरा फिलिङ्स, मेरा इमोसन्स, मेरा थट ।।

बिहानदेखि चिया र मफिन बाहेक केही नपरेको मेरो पेटहरू अहिले निकै शान्त छन् । यी नै हुन राती हल्ला मच्चाउने ।। भोको पेटलाई गुरूङसेनी साथीले दिएको सालीमार ज्वलर्सको बोटलको पानी दिए ।। गर्मी असह्य भयो । लाइरहेको मरून कलरको आउटर खोलेर ब्यागमा राखे अनि चिहाउन थाले जलिरहेको लास भए तिर ।

भर्खरै एम्बुलेन्सबाट दुई लास निकालियो । लास श्रीमान्-श्रीमतीको रहेछ । लासको बच्चाहरू सानै थिए । अरू रोएको देखेर रूने खालका साना ।। किनियो फुलमाला, दियाबाती, धुप ।। तयार भैरहेको चिता माथि राखियो लास ।। लासलाई सजाइयो फुलमालाले । बालियो आगो । दिइयो दाग । जले ती बच्चाको बा-आमा ।। त्यो एक जोडी अब धुवाँ र खरानीमै सिमित भए ।। म हेरिरहे अनि सोच्दै आफैलाई सुनाएस् आखिर बा-आमाले पनि त छाड्ने रैछन’। यो माहोलबाट भाग्न मन लाग्यो अनि हिँडे बाटैबाटो ।।

अलि उता पुगे । नि: शूल्क सौचालय लेखेको तिर फ्रेस हुन भनी गए । फ्रेस त त्यस्तै हो झन्डै त्याको फोहोरले भमिट भयो ।

ब्यागको पानी निकालेर मुख कुल्ला गरे अनि पसलमा सजाएको सामान हेर्दै । भाउ सोध्दै गेटै नीर पुगेर फेरि रूखमुनि बसे ।

मेरो दाँयातिर करिब २४-२५ का देखिने एक युवा र एक युवतीको भनाभन परिरहेको थियो।उनीहरू जोडी रहेछन ।। के कुरामा चित्त नबुझेर झगडा गर्दै थिए ।। मलाई कसैको चिओचर्चा गर्न त मन पर्दैन तर उनीहरूको कुरा सुन्दा यस्तो भेटियो”

केटि- पहिल्यै जस्तो छैनौ तिमी फेरियौ रोहित! तिमीलाई मेरो वास्ता लाग्दैन, न समय दिन्छौ न मेरो कुरा नै मान्छौ । आइ थिन्क तिम्रो म मा इनट्रेस घटेको छ ।

केटा- के ? मानषी तिमी होसमा त छौ । म बिजी छु । सधै तिम्रो पछि लाग्न म तिम्रो पुच्छर होइन ।सधैंको किचकिच । लेट्स ब्रेकअप !!!

यति भनेर केटिको हातमा एउटा डेरी मिल्क थमाएर केटा पार्किङ तिर लाग्यो र भेस्भाको एउटा स्कुटि लिएर केटिको आखै अघिबाट निस्कियो ।। केटि हातको डेरी मिल्क निचोर्दै सुकसुकाउन थाली ।। ब्यागबाट टिस्यु निकाल्दै आँसु पुस्दै,आसु बगाउन थाली ।। म साइडमा बसेर त्यो दिदी उमेरको केटिलाई हेरिरहे ।। केटिले मोबाइल निकाली र गनगनाउन थाली ।। सायद उ मोबाइलको फोटेज डिलिट गर्दै थिइ ।। करिब ३-४ बर्षको उनीहरूको सम्बन्धले तोडिन १ घण्टा पनि लागेन ।।

त्यो माहोलबाट म फेरि भागे ।

रोड क्रस गरेर चक्रपथ परिक्रमा ‘महानगर यातायात’ चढे। झ्यालकै सिट पाएकाले मैले देखेको दुई घटनालाई जोडेर यति सोच्न भ्याए ।। पहिलो दृश्यमा ‘बा-आमा मरेर बच्चालाई छाडे’।
दोस्रो दृश्यमा ‘प्रेमि प्रेमिकाले एकअर्कालाई स्वइच्छा छाडे’।

अन्ततः एक्लै झ्यालको सिटमा बसेकी मैले चक्रपथ परिक्रमा भरि यति सोच्न भ्याए ‘बा-आमा मर्छन, प्रेमीहरूले छाड्छन्-आखिर हुने भनेको एक्लै रहेछ’ ।।।।

One comment on "‘आखिर हुने भनेको एक्लै त हो’"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.