कुनै क्षेत्रलाई ब्याज बढी पर्न सक्छ, सहनुको विकल्प छैन : गभर्नर अधिकारी

  २०७९ असार २१ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही क्षेत्रमा ब्याजदर बढ्न सक्ने बताएका छन् । नेपाल व्यवस्थापन संघ९म्यान०ले आयोजना गरेको मौद्रिक नीतिको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिले सन्तुलित ढंगले मौद्रिक नीति ल्याउनु पर्ने आवश्यकता रहेकोले कुनै क्षेत्रलाई मर्का पर्ने भएपनि त्यसलाई सहनुको विकल्प नरहेको उनको भनाइ छ ।

अर्थतन्त्र असहज भएको बेला सबै सहज क्षेत्र सहज नहुने बताउँदै उनले निजी क्षेत्रले पनि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नु पर्ने धारणा राखे । उनले अहिले दिँदै आएका केही सहुलियत तथा सुविधाहरु विस्तारै घटाउँदै लैजाने पनि बताएका छन् ।

‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका थियौं,क्रमशः सुविधाहरु घटाउँदै लिनु पर्ने आजको आवश्यकता हो, त्यसमा हामी सबैले साथ दिनु पर्छ,’ उनले भने ।

यस्तै, उनले अर्थतन्त्रमा अहिले विदेशी मुद्राको सञ्चिति घट्दा समस्या भएको बताउँदै सबैले आन्तरिक उत्पादन बढाउनतर्फ ध्यान दिनु पर्ने बेला भएको र राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति ल्याउने बताएका छन् ।

2 comments on "कुनै क्षेत्रलाई ब्याज बढी पर्न सक्छ, सहनुको विकल्प छैन : गभर्नर अधिकारी"

  • Janata says:

    हरेक नेपालीले कम्तीमा आगामी ५ वर्षसम्म सकेसम्म नेपाली उत्पादनको उपभोग गर्ने, तडकभडकलाई वहिस्कार गर्ने, सादा र कम मूल्यका लुगा, जुत्ता र मोबाईल (सकेसम्म नयाँ खरिद नगर्ने) प्रयोग गर्ने, फजुल खर्च नगर्ने, मितब्ययी बन्ने संस्कार ठूलावडादेखि शुरुवात गरी सो आह्वान आमनागरिलाई गर्ने गरेमा अझै राम्रो हुन्थ्यो कि ???

  • Bichaar says:

    Bilaasitaa Ko bastu badhi ayaat garne bhaneko easy maney kamaaune le ho. Yo easy money bhaneko:

    1. Bhrastachaar baata kamayeko.
    2. Under billing garera kamaayeko.
    3. Share ra jagga bata price badhi badhera kamayeko i.e. speculation rather than
    investment.
    4. Bau baje le thupareko sampati becheko paisa jhyamma auda
    5. Bidesh ma Kamauna pariwarko 1 janale dukhkha garne ani yaha kharcha garnele tyo
    dukhkhalai mahasus nagarema (Only)
    6. Samaaj ma ramro paisa kamaaune tara tax natirne jastai: dherai ghar bhada aune, Doctor
    saabaru, wakil saabharu, engineer saabaru, auditor sabaru

    Antyama Yo kuraharu sabai lai thaha chha tara yasko oripari fanfan ti ghumchhan tara kendra lai chalaaudainan kinaki yastrai chalauda chalaune nai ganaauchhan ki kya ho…
    aru kehi bhaye tapai haru thapnu holaa…jay Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.