सर्वोत्तम सिमेन्टले थप ९ मेगावाट विद्युत खरिद गर्ने, प्राधिकरणसँग भयो सम्झौता 

  २०७९ असार २१ गते १७:५९     विकासन्युज

काठमाडाैं । सर्वोत्तम सिमेन्टले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत प्रदान गरि रहेको मा थप ९ मेगावाट विद्युत प्रदान गर्ने सहमति भएको छ । यस सँगै सर्वोत्तम सिमेन्ट लिमिटेडले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यसका लागि थप विद्युत प्राप्त गर्नको लागि आवश्यक हुने विद्युतिय सामाग्री तथा ट्रान्सफरमर जडान कार्य अगाडी बढाइएको छ ।

कम्पनीले आन्तरिक श्रोतको सदुपयोग गर्दै देशभित्र उत्पादित जलविद्युतको खपत देशभित्रै बढाउने सरकारको योजनामा सघाउनुका साथै यस अघि सिमेन्ट उत्पादनका लागि अन्य श्रोतबाट प्राप्त गरिरहेको उर्जाको खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिएको जनाएकाे छ ।

विशेषगरी यसअघि सिमेन्ट उत्पादनको लागि आवश्यक उर्जा थर्मल, फर्नेस ओयल तथा डिजेल प्लान्टको सञ्चालनबाट प्राप्त गर्दै आएको र ठूलो परिमाणमा डिजेलको खपत हुने गरेकोमा विद्युतिय उर्जा प्राप्त गरेपश्चात यसले डिजेल लगायतका बाह्य श्रोतबाट प्राप्त यस्ता उर्जाको श्रोत खपत कम गर्न सघाउने विश्वास कम्पनीले लिएको जनाएकाे छ । यसले उल्लेख्य मात्रामा खर्च घटाउने समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.