चन्द्र ढकालको प्रश्न : कतै कृषिको नाममा घरजग्गामा कर्जा गएको त छैन ?

  २०७९ असार २१ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कृषिको नाममा घरजग्गामा कर्जा गएको विषयमा आशंका गरेका छन् । नेपाल व्यवस्थापन संघले मंगलबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उपाध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

‘कतै कृषिको नाममा घरजग्गामा कर्जा गएको त छैन,’ कार्यक्रममा बोल्दै ढकालले प्रश्न गरेका छन् । कृषिमा लगानी गर्ने नीति भएको तर त्यसको प्रभावकारिता नदेखिएको उनको तर्क छ । कृषिमा गरिएको कर्जाको विषयमा अध्ययन गर्न आवश्यक भएको उपाध्यक्ष ढकालको धारणा छ ।

कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याउन लागेको मौद्रिक नीति सन्तुलित भएर आउनुपर्ने बताए । साना उद्यमी, कृषि, जलविद्युत र पर्यटन क्षेत्रलाई प्राथमिकता राखेर मौद्रिक नीति आउनुपर्ने उपाध्यक्ष ढकालको सुझाव छ ।

One comment on "चन्द्र ढकालको प्रश्न : कतै कृषिको नाममा घरजग्गामा कर्जा गएको त छैन ?"

  • Janata says:

    कृषि कर्जा, सहुलियत कर्जा, पुनरकर्जा आदि जस्ता सहुलियत पाउने कर्जा टाठाबाठा र पहूँचवाला कै हातमा छ । विचारा वास्तविक योग्य ऋणी त कि माग्न आउनै सक्दैनन् वा ऋण माग्न आएमा बैंक तथा वित्तीय संस्थाहरुले जोखिम देख्छन् । यस्तो कर्जा नै पाउँदैनन् । धनी र ठूलावडाले सहुलियत कर्जा लिएर जग्गा र सेयरमा लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.