‘ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ, क्रिप्टो करेन्सीलाई खुला गरौं’

  २०७९ असार २१ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र कठिन अवस्थामा पुगेको बताएका छन् । मंगलबार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले तरलताको अभाव, विदेशी मुद्रा सञ्चितिको दबाबले निजि क्षेत्रको मनोबल हतोत्साहित भइरहेको बताए । ‘सीसीडी र ४/१२ को नीतिले समस्या सिर्जना गरेको छ, यसलाई तत्काल खारेज गरौं, पहिले पनि सुझाव दिएका थियौं, अहिले पनि दिएका छौं, सीडी रेसियो अन्तरास्ट्रिय मापदण्ड भएपनि हामीले कार्यान्वयन गर्ने बेला भएको छैन,’ उनले भने ।

यस्तै, उनले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउनुपर्ने भन्दै स्प्रेडरेट घटाउनुपर्नमा जोड दिए ।

उनले स्प्रेडरेट ३.५ प्रतिशत कायम गर्नुपर्ने भन्दै आयात निरुत्साहितभन्दा पनि व्यवस्थापन गर्न तिर ध्यान केन्द्रीत हुनुपर्ने बताए ।

बैंकमा स्रोतको अभावका कारण तरलताको अभाव दखिएको, बैंकको सेवाशुल्क घटाउनु पर्ने, व्याजदर एकल डिजिटमा ल्याउनु पर्ने क्रिप्टो करेन्सीलाई मान्यता दिने विषयमा सोच्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.