अन्नपूर्ण इन्ड्रस्टिजले उत्पादन गरेको पानी पिउन अयोग्य : विभाग

  २०७९ असार २१ गते १७:१२     विकासन्युज

काठमाडौं । पाटन औद्योगिक क्षेत्रमा रहेको अन्नपूर्ण इन्ड्रस्टिज (मिनरल वाटर उत्पादक) ले उत्पादन गरेको पानी पिउन अयोग्य देखिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सो कम्पनीले उत्पादन गरेको पानी असार १० गते परिक्षण गर्दा पानीको गुणस्तरभन्दा घटि वा बढी देखिएकोले पिउनको लागि अयोग्य देखिएको विभागले बताएको छ ।

परिक्षणको लागि पठाएको परीक्षण प्रतिवेदन असार १६ गते आएको र सो प्रतिवेदनका आधारमा असार २० गते सोमबार उक्त कम्पनीलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । साथै विभागले उद्योगले बिक्रीका लागि बजारमा पठाएको सम्पूर्ण मिनरल वाटर फिर्ता गर्न लगाउनुका साथै उद्योगलाई सिलबन्दी गरेर बन्द गरेको छ । पानीको गुणस्तर सम्बन्धित निकायबाट गुणस्तर कायम भएको प्रमाणपत्र पेश नगरेसम्म उक्त उद्योगका वस्तुलाई रोक्का राखी सिलबन्दी गरिएको विभागको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.