नेपालीले विदेशमा पनि लगानी गर्न पाउनु पर्छ : सरोजकाजी तुलाधर

  २०७९ असार २१ गते १७:०५     विकासन्युज

काठमाडौं । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधार नेपालीले विदेशमा पनि लगानी गर्न पाउनु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘नेपालीहरुले विदेशमा लगानी गर्न पाउनु पर्छ, बिदेशबाट नाफामार्फत डलर ल्याउनु पर्छ,’ उनले भने ।

त्यसतर्फ अब आउने मौद्रिक नीतिले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले कर्जा बढाउन पनि असम्भव रहेको धारणा राखेका छन् ।

‘अहिले कर्जा बढाउन सकिँदैन, ८ प्रतिशतको आर्थिक वृद्धि शुन मुस्किल, ८ प्रतिशत पुर्याउन कर्जा बढाउनु पर्छ, कर्जा बढाउन अहिले असम्भव छ,’ उनले भने ।

त्यस्तै, कृषि कर्जामा भने सहुलियत बढाउनु पर्ने उनको भनाई छ । राष्ट्र बैंकले कृषि कर्जामा गरेको नीति के-कति प्रभावकारी तथा सदुपयोग भएको छ यसमा अध्ययन गर्न आवश्यक रहेको तुलाधरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.