प्रचण्डले प्रधानमन्त्रीसँग अर्थमन्त्रीमाथि उठेको प्रश्‍नबारे छलफल गर्ने

  २०७९ असार २१ गते १५:१९     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री जर्नादन शर्मामाथि उठेको प्रश्नबारे छलफल गर्ने भएका छन् ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि प्रचण्डले यसबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने भएका हुन् ।

मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा यसबारे छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X