सेञ्चुरी बैंकका ग्राहकलाई धुलिखेलको होटल तथा रिसोर्टमा विशेष छुट

  २०७९ असार २१ गते १५:१०     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धुलिखेल शाखाले पर्यटकीय नगर धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झाैता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसार्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटल, धुलिखेल नेचर होम र मिरावेल रिसार्ट एण्ड होटलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड,क्रेडिट कार्ड,मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा छुट पाउने छन् ।

ग्राहकले होटलको फुड एन्ड बेभरेजमा धुलिखेल लज रिसोर्टमा १५ प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १५ प्रतिशत, माउण्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एण्ड होटलमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै रुम शुल्कमा धुलिखेल लज रिसोर्टमा १० प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १० प्रतिशत, माउण्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एण्ड होटलमा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटलका रिसोर्टका प्रबन्ध संचालक/प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । यस अघि बैंकको धुलिखेल शाखा र हिमालय दृष्य रिसोर्टका विच रिसोर्टले दिने सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरुलाई छुट दिने सम्झौता सम्पन्न भई सकेको छ ।

सेञ्चुरी बैंकले काभ्रे जिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । हाल बैंकको कुल शाखा १४५ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X