सबै सरकारी कर्मचारीले भदौ २९ गतेसम्म सम्पत्ति विवरण बुझाउनु पर्ने

  २०७९ असार २१ गते ९:३२     विकासन्युज

काठमाडौं । सबै सरकारी कर्मचारीलाई आफ्नो सम्पत्ति विवरण भदौ मसान्तसम्म बुझाउन सरकारले निर्देशन दिएको छ । आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालय मार्फत राष्ट्रिय कितावखाना (निजमती) बुझाउनु पर्ने नियम अनुसार सरकारले यो निर्देशन दिएको हो ।

कर्मचारीले  आफ्नो कर्मचारी संकेत नम्बर, नाम, थर, पद, सेवा समूह, श्रेणी, कार्यरत कार्यालय, मोवाइल, इमेलसहित उल्लेख गरेर सम्पत्तिको सम्पूर्ण विवरण बुझाउनु पर्ने  राष्ट्रिय कितावखानाले जनाएकाे छ ।

सरकारी कार्यालयहरुले जिल्ला समन्वय समिति, गाउँ पालिका, नगरपालिका, प्रदेश सरकारमार्फत समेत यस्तो विवरण पठाउन सक्ने छन् । केन्द्रीय कार्यालय हरिहर भवनमा भदौ २९ गतेसम्म विवरण प्राप्त नभएमा त्यसलाई सम्पत्ति विवरण नबुझाएको मानि अभिलेख तयार गरिने कितावखानाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X