२०७९ असार २० गते १७:०४ विकासन्युज
काठमाडौं । आइएमई पे र एससिटीद्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम ३०० रुपैयाँसम्म) पाइनेछ ।यसका साथै सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम २५ सयसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ ।
डिजिटलाइज नेपालतर्फसँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेकाे जनाएकाे छ ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.