अवैध रुपमा विदेशबाट पठाइएको रकम प्रयोग गर्ने एकजनाविरुद्ध ८ करोड बिगोदाबीसहित मुद्दा

  २०७९ असार २० गते १६:५५     विकासन्युज

काठमाडाैं । कुनै पनि इजाजतपत्र नलिइ विदेशबाट पठाइएको ठूलाे रकम व्यक्तिगत खातामार्फत फरफारक गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले एकजनाविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले पर्वत कुस्मा घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हाे । विभागले साेमबार विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

‘प्रतिवादीलाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भइ नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएबाट निजले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिवादी गणेश पौडेललाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४ र ९ ग विपरितको कसूरमा जम्मा विगो ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ कायम गरी सोही ऐनको दफा १७(१) र दफा १९(९) वमोजिम सजाय गरी पाउन मागदावी लिइ अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.