घटेर बन्द भयो सोमबारको सेयर बजार, कारोबारमा भने उल्लेख्य सुधार

  २०७९ असार २० गते १५:२२     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेदेखि आक्रामक रुपमा उकालो लागेको नेप्से परिसूचक अन्तिममा घटेको छ । कारोबार बन्द हुँदा परिसूचक ९.७५ प्रतिशतले घटेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटेको छ ।

दिनभरको कारोबारमा तीव्र उतारचढाव देखिएको छ । बढेर २१४८.६१ अंकसम्म पुगेको परिसूचक घटेर २०५९ बिन्दुसम्म झर्यो । जुन करिब ९० अंकको उतारचढाव हो ।

गत सातादेखि बजार निरन्तर रुपमा बढी रहेको थियो । बढ्दो बजारमा नाफा बुक गर्नेको हावी भएकाले सोमबारको बजारमा करेक्सन देखिएको बुझिन्छ ।

परिसूचकमा सामान्य करेक्सन देखिएको बजारमा कारोबार भने उल्लेख्य रुपमा बढेको छ । आइतबार २ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार एकाएक ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७५ प्रतिशतले बढी हो भने २र३ महिना यताकै उच्च कारोबार पनि हो ।

बजारमा शिवम् सिमेन्टस्को सर्वाधिक कारोबार भएको छ । कम्पनीको सोमबार मात्रै १७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ४ रुपैयाँले घटेर प्रतिकित्ता ८२६ रुपैयाँमा झरेको छ । त्यस्तै, एनआईसी एशिया, नबिल बैंकसहित अन्य ७ वटा कम्पनीको १० करोडभन्दा बढीको सेयर किनबेच भएको देखिन्छ ।

प्रोभिजन रोक्न सेयर बजारलाई काँध

सोमबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको छ ।

बजारमा ग्लोबल आईएमई बैंकको ऋणपत्र ९.७५ प्रतिशतले घटेको छ । बैंकको ‘ग्लोबल आईएमई बैंक लि. डिबेन्चर २०८६/८७’ नामक ऋणपत्र अघिल्लो दिनको तुलनामा ९० रुपैयाँले घटेर प्रतिथान ८३३ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चार वटा समूहबाहेक कारोबारमा आएका सबै समूह घटेका छन् । जीवन बीमा ५५, निर्जीवन बीमा ४८, ट्रडिङ्ग १०४ र म्युचुअल फण्ड समूह ०.०१ प्रतिशतले बढेका छन् भने बाँकी घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.