असार २७ गतेदेखि एकीकृत कारोबार गर्दै नबिल र एनबी बैंक

  २०७९ असार २० गते १२:२३     विकासन्युज

काठमाडौं । नबिल र नेपाल बङ्गलादेश (एनबी) बैंकको आगामी असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । एनबीलाई गाभेपछि बनेको नबिल बैंकले सो दिनदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय असार १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै दुबै बैंकले असार मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य लिएका थिए ।

एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलाे बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।

नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा गाभ्न लागेको हो । यी बैंक गाभिएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । र, नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।

हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।

हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.