विद्युत उत्पादन कम्पनीले माग्यो फुकोट–कर्णाली आयोजनासँग स्पष्टिकरण

  २०७९ असार २० गते ११:५३     विकासन्युज

काठमाडौं । विद्युत उत्पादन कम्पनीले कालिकोट जिल्लामा निर्माणधिन फुकोट–कर्णाली जलविद्युत आयोजनासँग स्पष्टिकरण माग गरेको छ । समयमा विद्युत निर्माणको काम सम्पन्न गर्न नसकेको भन्दै विद्युत उत्पादन कम्पनीले ७ दिने स्पष्टिकरण माग गरेको हो ।

कम्पनीले सोमबार एक सूचना जारी गर्दै सो आयोजनको निर्माण कम्पनी फीवा आचार्य जेभी बागलुङसँग स्पष्टिकरण माग गरेको हो ।

विद्युत उत्पाद कम्पनीले लिमिटेडका अनुसार हालसम्म उक्त आयोजनाको काम ३७ प्रतिशतमात्र काम भएको छ । सो जलविद्युत आयोजनाको काम अगाडि बढाउनको लागि २०७७ साल साउन ११ गते निर्माण व्यवासायी फीवा आचार्य जेवी बागलुङसँग २०७९ साल ३ महिना ३० गतेसक्ने गरी ठेक्का संझौता भएको थियो ।

सो जलविद्युत आयोजनाको काम बैशाख ३ गतेदेखि रोकिएको कम्पनीले जनाएको छ । कम्पनिले बन्द रहेको सन्दर्भमा लिखित वा मौखिक निर्देशन दिदा समेत कार्य सुचारु हुन नसकेको भन्दै निर्माण व्यवासायिलाई स्पष्टिकरणको माग गरेको छ ।

उक्त जलविद्युत आयोजनाको कुल लागत ९२ अर्ब ३ करोढ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.