आकर्षक इन्टेरियरसहितको ‘चेरी टिग्गो ७ प्रो’ भित्रियो नेपाल, मूल्य ७८ लाख रुपैयाँ

  २०७९ असार १९ गते १९:२७     विकासन्युज

काठमाडौं । चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपालमा चेरी टिग्गो ७ प्रो लन्च गरेको छ । कम्पनीले असार १९ गते औपचारिक रुपमा उक्त गाडि लञ्च गरेको हो ।

कम्पनीका अनुसार प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । यसमा भएको इन्जिनले १४७ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ । यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ ।

चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो ७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित रहेको कम्पनीको दावी छ ।

यसको इन्टेरियर निकै नै आकर्षक छ । लेदर सिट सहितको ब्ल्याक-बेज थिममा आधारित क्याबिन छ । फ्रन्टमा सिक्स-वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट चाहिं फोर-वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ । यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ छ ।

यसमा ७ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिन सहितको ड्यासबोर्ड छ, जुन सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउछ । यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल जस्ता विभिन्न अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङसन स्टेयरिङ ह्विल छ भने वायरलेस चाार्जर समेत उपलब्ध छ । यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ भने ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ ।

सुरक्षाको मामिलामा पनि यो गाडीमा कुनै सम्झौता गरिएको छैन । यसमा भएको ६ एयरब्याग, ईबीडी र बीए सहितको एबीएस, ईएसपी, टीसीएस, एचएसी, एचडीसी आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउने कम्पनीको भनाई छ ।

नेपाली बजारमा टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ । टिग्गो ७ प्रो ३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध छ । ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लु र ब्ल्याक एन्ड ह्वाइट अप्सन उपलब्ध छ भने मोनोटोनमा ब्लु, जेड ब्लु, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.