कुमारी बैंकका ग्राहकले बनेपा डेन्टल क्यरमा विशेष छुट पाउने

  २०७९ असार १९ गते १९:०३     विकासन्युज

काठमाडौं । कुमारी बैंकका ग्राहकले बनेपा डेन्टल क्यरमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र काभ्रेपलाञ्चोकको बनेपास्थित कुमारी बैंकबीच सम्झौता भएको हो ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले हाल १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.