२०७९ असार १९ गते १७:५७ विकासन्युज
काठमाडौं । दुबइमा आर्मी गार्ड, र भिआइपी सेक्युरिटी गार्डमा रोजगारीको प्रलोभन देखाई १ करोड ४३ लाख ठगी गरेको आरोपमा ६ जना विरुद्ध वैदेशिक रोजगार विभागले रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरेको जनाएको छ ।
भोजपुर नगरपालिकाका प्रदिप तामाङ र गौरदह नगरपालिकाका सुरज गजुरेल सहित ६ जना विरुद्ध हर्जना क्षतिपुर्ति सहित २ करोड १४ लाख ७७ हजार ७ सय ५० रुपैयाँ विगोको माग गर्दै असार १६ गते मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताएका छन् ।
कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएको द रोयल गोर्खा ओभरसिज प्रालीका सञ्चालक कमल बिक सहितका व्यक्तिहरुले दुबइमा काम लगाइदिने भन्दै केशब आचार्य सहित ३६ जना व्यक्तिहरुमार्फत ८ लाखको दरले १ करोड ४३ लाख रुपैयाँ ठगी गरेको जाहेरी विभागमा परेको विभागका सूचना अधिकारी भुसालले जनाएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.