आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा महालक्ष्मी विकास बैंक

  २०७९ असार १८ गते १४:२१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै भवनबाट सेवाा सञ्चालन गर्ने तयारी थालेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने तयारी थालेको हो ।

तयारी स्वरुप बैंकले केन्द्रिय कार्यालय लागि काठमाडौंमा चक्रपथ सँग जोडिएको वाचक्रपथभित्रको घर वा जग्गा खरिद गर्ने भएको छ ।

बैंकले महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैह्रिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर लगायतका क्षेत्रमा घर वा जग्गा खरिदका निमित्त बोलपत्रसमेत अह्रवान गरिसकेको छ ।

२ रोपनीदेखि ४ रोपनी सम्म फैलिएको जग्गा वाघर कम्तिमा ३०,००० वर्ग फिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ्ग सुविधा भएको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले हाल प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.