मध्यपूर्वको शीर्ष ३० शेफमा छनोट भए नेपाली युवा राहुल श्रेष्ठ

  २०७९ असार १७ गते १५:४४     विकासन्युज

काठमाडौं । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् । क्याटरर मिडल इष्टले ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने शेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन् ।

२८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक व्यवसायी राजेशबाबु श्रेष्ठका छोरा हुन् । उनी हाल ब्यागेटेल दुबईमा सु शेफका रुपमा कार्यरत छन् ।

क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ शेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी शेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ ।

क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.