समृद्धि फाइनान्सले ल्यायो ६७ महिनामै पैसा दोब्बर हुने निक्षेप योजना

  २०७९ असार १७ गते १३:१३     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले ६७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । फाइनान्सले रेमिट्यान्स मुद्घति निक्षेपको योजना अन्तर्गत ५ वर्ष ७ महिना अर्थात कूल ६७ महिनामा पैसा दोब्बर हुने योजना सार्वजनिक गरेको हो ।

साथै, फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।

फाइनान्सले विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिहरुले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै सो योजना ल्याएको हो ।

यो खाता न्यूनतम ५० हजार रुपैयाँदेखि नै खोल्न सकिन्छ । साथै, समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.