सागर बाबुको गिति संग्रह ‘तृष्णा’ लोकार्पण

  २०७९ असार १६ गते २३:२९     विकासन्युज

काठमाडौं । बुद्धिसागर लामिछाने (सागर बाबु)को गिति संग्रह ‘तृष्णा’ लोकार्पण भएको छ । सागर बाबुको एकल शब्द रहेको गिति संग्रह ‘तृष्णा’ असार १६ गते बिहीबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

गिति संग्रह तृष्णामा ९ वटा गितहरु रहेका छन् । गिति संग्रहमा शब्द सर्जक सागर बाबु, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिला बिष्ट, विपिन घिमिरे, सुगमा गौतम, ममता गुरुङ, शाम्भवी लामिछाने र विमर्श घिमिरेको स्वर रहेको छ । गिति संग्रहमा विपिन घिमिरेको संगित रहेको छ भने संगित संयोजनमा विकास सुनार, पुरुषोत्तम सुवेदी, विजय थापा र सञ्जय श्रीपाल रहेका छन् ।

टुकी आर्टस द्वारा प्रस्तुत गरिएको गिति संग्रहका गितहरु हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । संग्रहमा सामाजिक, पारिवारिक र राष्ट्रिय भावनाले ओतप्रोत गितहरु रहेका छन् । गिति संग्रहका सर्जक सागर बाबु नेपाल सरकारको सहसचिवको रुपमा कार्यरत समेत रहेका छन् । गित संगित क्षेत्रमा उनको यो पहिलो सार्वजनिक प्रस्तुती हो ।

One comment on "सागर बाबुको गिति संग्रह ‘तृष्णा’ लोकार्पण"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.