बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब नाघ्यो, तरलताको समस्या सहज भएको हो ?

  २०७९ असार १६ गते २१:२९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ४ अर्ब रुपैयाँ पुगेको हो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भने ४७ खर्ब ९ अर्ब पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब १८ अर्ब, विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ८७ अर्ब पुगेको छ ।

यस्तै, वाणिज्य बैंकको कुल कर्जा लगानी ४१ अर्ब ७९ अर्ब र विकास बैैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।

बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गएको छ । हालसम्म सीडी रेसियो ८९.०६ प्रतिशत कायम भएकाे छ ।

अहिले तरलताको संकट भइरहेको बेला बैंकहरु कर्जा लगानी विस्तार गर्न सक्ने अवस्थामा छैनन् । तर, निक्षेप बढ्दै जाँदा सीडी रेसियो भने लयमा आउन थालेको छ । बैंकहरुले असार मासन्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ ।

सीडी रेसियो लयमा आउन थाले पनि अझै बैंकहरुलाई भने दबाब नै रहेको बैंकरहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.