स्वास्थ्यमन्त्री भन्छन् : दुर्गम क्षेत्रमा जानै मान्दैनन् डाक्टर

  २०७९ असार १६ गते १६:०९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् ।

बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले सो कुरा बताएका हुन ।

उनले अहिले देशका विभिन्न जिल्लाहरुबाट दरबन्दी खालि रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरेपनि स्वास्थ्यकर्मीहरु जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए । गाउँ क्षेत्रमा अहिलेपनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरु जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको उनको भनाई थियो ।

उनले सबै स्वास्थ्यकर्मीहरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको समेत बताए । अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उनले गुनासो गरे ।

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरुको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.